काठमाडौं - पूर्वाञ्जल विश्वविद्यालयले भदौ पहिलो साताबाट परीक्षा लिने भएको छ । कोरोना भाइरसको माहामारीका कारण रोकिएको परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने भएको हो ।
परीक्षा नियन्त्रक प्रा डा सूर्यप्रसाद संग्रौलाद्वारा बुधबार जारी सूचनामा यो विश्वविद्यालय अन्तर्गतका क्याम्पस र कलेजहरूमै परीक्षा केन्द्र कायम हुने उल्लेख छ ।
सरकारले भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने निर्णयसँगै विश्वविद्यालयले परीक्षाको तयारी गरेको हो । नेपाल सरकारले तोकेको भौतिक दुरी तथा स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गरेर पूर्व निर्धारित परीक्षाहरू सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक संग्रौलाले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।