आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाइडेनले भने - प्रतिस्पर्धी चीनको सामना गर्छौं 

बाइडेनले भने - प्रतिस्पर्धी चीनको सामना गर्छौं 

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 3.8K
    SHARES

  • बाइडेनले भने - प्रतिस्पर्धी चीनको सामना गर्छौं 

    वाशिङ्टन - अमेरिकी राष्ट्रपति जो बाइडेनले "अमेरिका फिर्ता भएको" उल्लेख गर्दै अमेरिकाको "सबैभन्दा गम्भीर प्रतिस्पर्धी" चीनको सामना गर्ने बताएका छन् । 
    वाशिङ्‌टनको नेतृत्वले बेइजिङ्‌को बढ्दो महत्वाकांक्षाको नयाँ चुनौतीको सामना गर्नुपर्ने अभिव्यक्तिहरु आइरहेका समयमा बाइडेनले चीनको सामना गर्ने प्रतिक्रिया दिएका हुन् ।

    आफ्नो प्रशासनले गम्भीर प्रतिस्पर्धी चीनद्वारा अमेरिकाको समृद्धि, सुरक्षा र प्रजातान्त्रिक मूल्यमा हुने प्रत्यक्ष चुनौतीहरूको सामना गर्ने उनले बताएका छन् । 

    "हामी उनीहरुको आर्थिक दुर्व्यवहारको पनि सामना गर्नेछौं । तर बेइजिले व्यवहारका सुधार गरेमा उससँग काम गर्न तयार छौं । यो अमेरिका र चीन दुबैको हितमा छ," बाइडेनले आफ्नो पहिलो विदेश नीति सार्वजनिक गर्दै भने । 

    "म चाहान्छु कि संसारले आज एउटा सन्देश सुन्‍नुपर्छ, अमेरिका फिर्ता छ । कूटनीति हाम्रो विदेश नीतिको केन्द्रमा फर्किएको छ । अमेरिकी नेतृत्वले अमेरिकालाई प्रतिस्पर्धा गर्न चीनको बढ्दो महत्वाकांक्षा रुस लगायतका अधिनायकवादको यो नयाँ घडीमा सजगताका साथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ," उनले थपे ।
     
    राष्ट्रपति बाइडेनले अझै चिनियाँ राष्ट्रपति शी जिनपिङसँगको तनावपूर्ण सम्बन्धलाई समाधान गर्ने विषयमा भने उनले कुरा गरेका छैनन् । राष्ट्रपति बाइडेनले दोहोर्‍याए कि अमेरिकाका सहयोगीहरु "यसको सबैभन्दा ठूलो सम्पत्ति मध्येको एक हो । जसले कूटनीतिसँग अग्रसर हुनुको अर्थ" हाम्रा विरोधीहरू र हाम्रा प्रतिस्पर्धीहरूलाई कुटनीतिक रुपमा संलग्न गर्नु हो ।"

    "गत दुई सातामा मैले हाम्रा धेरै नजिकका मित्रहरू - क्यानडा, मेक्सिको, बेलायत, जर्मनी, फ्रान्स, नाटो, जापान, दक्षिण कोरिया र अष्ट्रेलियाका नेताहरूसँग कुरा गरिसकेको छु । प्रजातन्त्रिक गठबन्धनलाई पुनर्निर्माण गर्ने कामलाई अघि बढाउने सहमति भएको छ ।  जुन यसअघिको चार वर्षको उपेक्षा र दुरुपयोगबाट ग्रस्त छ," उनले भने ।

    राष्ट्रपतिले रुसी विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई जेल हाल्‍ने निर्णयको समेत विरोध गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ३० २०७७०४:५०:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend