आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पशुपालन घट्दा चीनलाई भूमि अतिक्रमण गर्न सहज भएको स्थानीयको गुनासो

पशुपालन घट्दा चीनलाई भूमि अतिक्रमण गर्न सहज भएको स्थानीयको गुनासो

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 12.4K
    SHARES

  • पशुपालन घट्दा चीनलाई भूमि अतिक्रमण गर्न सहज भएको स्थानीयको गुनासो

    काठमाडौं – पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण चिनियाँ पक्षलाई भूमि अतिक्रमण गर्न सहज भएको छ ।

    ‘६० सालको दशकमा लिमी क्षेत्रमा धेरै संख्यामा पशुपालन गर्ने भएकाले लोलुङजोङ क्षेत्रभन्दा थप २/३ किलोमिटर परसम्म हामीले खर्क बनाएर पशुवस्तु राख्ने गरेका थियौं,’ नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘हामीले पशुवस्तु पाल्न छाडेसँगै आफैंले कमाउँदै आएको भूमि पनि छाड्नुपर्ने अवस्था आयो ।’

    नेपालीहरू त्यहाँबाट विना अवरोध मानसरोवर दर्शन गर्न जाने गरेका थिए । त्यतिबेला खुला मार्गका रूपमा लिमीको लाप्चा क्षेत्र प्रयोग हुँदै आएको थियो ।

    ‘चिनियाँ छोपा (पशुवस्तु पाल्ने) पनि हाम्रो (नेपाली) क्षेत्रमा पशु वस्तु ल्याउँथे । हामीहरूका पशुवस्तुसहित चरण खर्क उनीहरूको क्षेत्रमा पनि जान्थ्यो, त्यो क्षेत्र उनीहरू र हामी संयुक्त रूपमा मिलेर उपभोग गरे पनि अहिलको जस्तो विवाद थिएन,’ ती स्थानीयले भने ।

    पछिल्ला ५ वर्षयता लिमीमा पशुवस्तुको संख्या घट्दै गएपछि आफ्नो गाउँभन्दा टाढाको क्षेत्रलाई चरण क्षेत्रका रूपमा प्रयोग गर्न छाड्दा चीनले आफ्नो भू–भाग भन्दै नेपाली क्षेत्र अतिक्रमण गर्न थालेको ती स्थानीयको भनाइ छ ।

    हुम्लाको सीमा क्षेत्रमा सीमा विवाद नयाँ भने होइन । सीमाविद्का अनुसार विवाद समाधान भई नसकेकको पुरानो विवाद हो । नेपाल र चीनबीच सन् १९६१–६२ मा पानी ढलोको सिद्धान्तका आधारमा सीमा विवाद समाधान भए पनि पूर्ण रूपमा समाधान नभएको स्थानीय बताउँछन् ।

    सन् १९६३ मा दुवै देशका परराष्ट्रमन्त्रीले सीमा सम्बन्धी सन्धीमा हस्ताक्षर गरेका थिए । जसमा दुवै देशले तयार पारेको सीमाको नक्सा पनि समावेश गरिएको थियो ।

    विगत ५ वर्ष पहिलेदेखि नै सो स्थानमा चीनले ११ वटा ठूला भवन निर्माण गरेको छ । नाम्खा गाउँपालिका–६ को क्षेत्रमा पर्ने लाप्चा क्षेत्रमा चीनले नेपालतर्फ झण्डै डेढ किलोमिटर भू–भागमा चीनले भवनहरू निर्माग गरेको स्थानीयले आरोप लगाइरहेका छन् ।

    नाम्खा गाउँपालिका–६ का एक स्थानीयका अनुसार उच्च हिमाली क्षेत्र भएको र त्यहाँ नेपाली समुदायको उपस्थिति नहुने भएकाले चिनियाँ पक्षले निर्वाध रूपमा भवनहरू बनाएका हुन् ।

    ‘विगतमा त्यहाँ हाम्रो तिरबाट पशुपालनका लागि जाने गरिन्थ्यो, पछिल्लो समय यहाँबाट कोही पनि जाँदैनन् । यताबाट खाद्यान्न लैजाने र उताबाट च्यांग्रा तथा नून ल्याउने बाटो त्यही हो,’ ती स्थानीयले भने, ‘तर अहिले भने त्यहाँ चीनले एकतर्फी रूपमा भवनहरू निर्माण गरेको छ । हामीले पनि केही समयअघि मात्रै जानकारी पाएका हौं । त्यो भूमि हाम्रा पूर्खाहरूको प्रयोग गर्ने गरेको भूमि हो । गोठाला जाने र त्यहाँ गाइबस्तु पाल्ने काम हुन्थ्यो, हाम्रो जग्गामा चीनले अतिक्रमण गरेको हो ।’

    केही वर्ष पहिले चीनले २ वटा भवन निर्माण गरेको र अहिले त्यहाँ थप ९ वटा भवन निर्माण भएको छ । लिमीका स्थानीयका अनुसार पछिल्लो समय चिनियाँ पक्षले आफूहरूलाई गर्ने व्यवहार पनि फेरिएको छ । त्यसलाई स्थानीयले सीमा अतिक्रमणसँग जोडेर हेर्ने गरेका छन् ।

    ‘अहिले त्यहाँ ९ वटा भवनहरू थप गरिएको छ । ४ वर्ष अगाडि २ वटा भवन बनाइएको थियो । पठार क्षेत्र भएका कारण त्यहाँ नेपाल र चीनका कुनै पनि बस्ती छैनन् । भवन कुन प्रयोजनको लागि बनाइएको हो, त्यो अहिलेसम्म जानकारी भएको छैन,’ एक स्थानीयले भने ।

    नाम्खा गाउँपालिका–६ को लिमी लाप्चामा चीनले सीमा अतिक्रमण् गरेको भनी स्थानीयले बारम्बार गुनासो गर्दै आएका छन् । नेपाल र चीनको सीमा पूर्वदेखि पश्चिमसम्म मुख्य ७९ र सहायक २१ गरी १०० वटा मार्कर राखिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०३:४०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend