काठमाडौं- हुम्लामा चीनले २ किलोमिटर यता आएर नेपाली भुमीमा भवन बनाएको कुरा सार्वजनिक भएपछि हिजो (बुधबार) परराष्ट्रमन्त्रालयले उक्त भुमी चिनियाँ नै भएको बताउको छ ।
परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले उक्त भवन बनाइएको जमिन चिनियाँ नै भएको बताएका हुन् । यद्यपी सोही गाउँपालिका अध्यक्षसमेतले उक्त भुमी नेपाली भएको पुष्टि गरेका छन् ।
यसबाहेक हुम्लाबासीले समेत चीनले भवन बनाएको भुभाग नेपाली भएको दाबी गरेका छन् । यसबीच नेपाली कांग्रेसले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुअघि नै सरकारले ‘सीमा मिचिएको छैन’ भनेर धारणा सार्वजनिक गरेको प्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ ( हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ ।
यस्तो विज्ञप्ती:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।