बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतले गर्‍यो नेपाललाई ठूलो सहयोग, विद्यालय पुनर्निमाणमा ३० करोड खर्च

भारतले गर्‍यो नेपाललाई ठूलो सहयोग, विद्यालय पुनर्निमाणमा ३० करोड खर्च

  • मिडिया डबली
  • बुधवार, पौष २२ २०७७

  • 4.4K
    SHARES

  • भारतले गर्‍यो नेपाललाई ठूलो सहयोग, विद्यालय पुनर्निमाणमा ३० करोड खर्च

    काठमाडौं- नेपाल वि.स. २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय पुननिमार्णका लागि भारत सरकारले ३० करोड ६० लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 

    बुधबार भारतीय दुतावासका उपप्रमुख नामग्य खम्पाले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुसील ज्ञवालीलाई यो रकम हस्तान्तरण गरेकी हुन् ।

    भारत सरकारले नेपालका विभिन्न ८ जिल्लामा ९१ शैक्षिक संस्थाको पुननिमार्णका लागि ५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ । यो राशी सोहि प्रतिबद्धता गरेको सहयोग अन्तर्गतको हो । 

    यसअन्र्तगतका ७१ योजनाहरुमा राष्ट्रिय पुननिमार्ण प्राधिकरणले काम गरिररहेको छ । केन्द्रिय पुस्तकालय लगायत गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोकमा विद्यालय पुननिमार्णको काम भइरहेको छ ।

    गोरखामा ३ स्कुल र नुवाकोटमा ५ स्कुलको पुननिमार्ण भइसकेको छ । बाँकी विभिन्न ५ जिलामा ५६ स्कुल निमार्णधिन अवस्थामा छन् । भारत सरकारले ५० हजार घर पुननिमार्णका लागि १५ करोड अमेरिकी डलर, १० जिल्लामा १ सय ४७ स्वास्थ्य केन्द्र एवं अस्पताल पुननिमार्णका लागि ५ करोड अमेरिकी डलर र २८ सांस्कृतिक सम्पदाको पुननिमार्णका लागि ५ करोड अमेरिकी डलर सहयोगको प्रतिवद्धता गरेको छ ।

    यी सबै योजनाहरुमा काम भइरहेको छ । भुकम्पबाट प्रभावित विभिन्न जिल्लामा ५० हजार घर निमार्ण गर्ने प्रतिद्धता गरे अनुसार ४६ हजार भन्दा बढी घर निर्माण गरिसकेको  छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७१०:४१:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend