भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ। ७४ वर्षीय उनको चेन्नईस्थित एक अस्पतालमा निधन भएको हो।
गायक बालासुब्रमण्यम कोरोना संक्रमण भएपछि पछिल्लो ५२ दिनदेखि अस्पतालमा उपचाररत थिए। उनको शुक्रवार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनको निधन भएको जानकारी उनका छोरा चरण एसपी र चेन्नईस्थित एमजीएम अस्पतालले दिएको हो।
५ अगस्टमा अस्पतालमा भर्ना भएका बालुको हालत पछिल्लो ४८ घण्टायता नाजुक भएको थियो। उनलाई भेन्टिलेटरमा राखेर चिकित्सकले निगरानी गरिरहेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।