आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

५ प्रधानमन्त्रीले नसकेको काम मोदीले गरे, भारतमा एक युग फेरियाे

५ प्रधानमन्त्रीले नसकेको काम मोदीले गरे, भारतमा एक युग फेरियाे

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.7K
    SHARES

  • ५ प्रधानमन्त्रीले नसकेको काम मोदीले गरे, भारतमा एक युग फेरियाे

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई विदेशी लगानीकर्ताको केन्द्रका रुपमा स्थापीत गरेका छन् । यसअघि लेबर सम्बन्धी कानुनका कारण विदेशी लगानी वातावरणमा केही समस्या रहेको थियो ।

    तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेबर सम्बन्धी कानुन संशोधन गरेसँगै अब भारत विदेशी लगानीकर्ताहरुका लागि एक नयाँ सुनौलो गन्त्ब्यका रुपमा स्थापीत भएको छ ।

    भारतमा अब ज्याला सम्बन्धी कानुनको युग फेरिएको छ र सहजै विदेशी कम्पनीहरूले लगानी गरेर उद्योग धन्दा चलाउन सक्नेछन् ।

    सन् १९९१ देखि आर्थिक समृद्धि एवं विदेशी लगानी भित्र्याउन खोजेको भारतलाई लेबर अर्थात श्रमीक कानुनले केही बाधा दिँदै आएको थियो ।

    श्रम सम्बन्धी ४४ कानुन रहेको अवस्थामा ती कानुनलाई ५ प्रधानमन्त्रीले परिवर्तन एवं संशोधन गर्न सकेका थिएनन् । अन्तत मोदी सरकारले उक्त कानुनको संशोधन गर्दै ४४ नियमलाई कोड गर्दै ४ मा झारेको छ । योसँगै अब, भारतमा लगानीका लागि कुनै किसिमको पनि प्रश्न उठ्ने किसिमको हटेको छ ।

    मुख्य कुरा यसअघि विभिन्न किसिममा गरेर ५ सय ४२ किसिमको ज्याला सम्बन्धी कानुन थियो । अहिले उक्त कानुन जम्मा १२ किसिमममा झरेको छ ।

    यसोहुँदा हरेक औद्योगिक क्षेत्रमा श्रमिकलाई दिइने ज्यालामा कुनै दुईमत हुन पाउँने छैन् । यसबाहेक भारतीय प्रधानमन्त्री मोदीले विभिन्न सहजताका योजानाहरु अघि सारेका छन् ।जसले विदेशी लगानीलाई प्रोत्साहित गर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०८:०४:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend