भारतको पूर्वी क्षेत्र उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथले मंगलबार कुशीनगर एयरपोर्टबाट तिहारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेका छन्।
कुशिनगर जिल्लामा अवस्थित यो विमानस्थल गोरखपुरबाट करिब २ किलोमिटर टाढा रहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले यस वर्ष जुनमा कुशीनगरलाई अन्तर्राष्ट्रिय एयरपोर्टका रूपमा मान्यता दिने निर्णय गरेको थियो।
यो देशको २९ औं र उत्तर प्रदेशको चौथो अन्तर्राष्ट्रिय एयरपोर्ट एयरपोर्ट हुनेछ। मुख्यमन्त्री आदित्यनाथले यो एयरपोर्टले विदेशी पर्यटकहरूको संख्यामा बृद्धि गर्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।