बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

यी हुन् उच्च नैतिकवान व्यक्ति : केपी ओलीको नियुक्ति नखाने घोषणा

यी हुन् उच्च नैतिकवान व्यक्ति : केपी ओलीको नियुक्ति नखाने घोषणा

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 14.0K
    SHARES

  • यी हुन् उच्च नैतिकवान व्यक्ति : केपी ओलीको नियुक्ति नखाने घोषणा

    काठमाडौं – सरकारको सिफारिसमा मिल्ने विभिन्न नियुक्ति खान तछाडमछाड हुने गरेको बेला यी एक व्यक्तिले उच्च नैतिकता देखाउँदै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको नियुक्ति नखाने घोषणा गरेका छन् ।

    संवैधानिक प्रावधान अनुसार समावेशी आयोगको सदस्यमा सिफारिस भएका डा. रामकृष्ण तिमिल्सिनाले नियुक्ति खान अस्वीकार गरेका छन् ।

    संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका रिक्त पदमा मंसिर ३० गते निर्णय गर्दै उनलाई सदस्यमा सिफारिस गरेको छ । 

    तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले सदस्य पदमा इच्छा व्यक्त नगरेको भन्दै अस्वीकार गरेको जनाएका छन् ।

    ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । उक्त पदमा जाने मेरो रहर पनि छैन । सबै साथीभाइको जानकारीको लागि यतिसम्म भन्नपर्ने स्थिति आयो । मलाई सिफारिस गर्ने परिषद्प्रति म क्षमाप्रार्थी छु,’ उनले भनेका छन् । तिमिल्सिना सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend