बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंका यी क्षेत्रमा दिउँसो विद्युत् नहुने, यस्तो छ सूचना !

काठमाडौंका यी क्षेत्रमा दिउँसो विद्युत् नहुने, यस्तो छ सूचना !

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 4.4K
    SHARES

  • काठमाडौंका यी क्षेत्रमा दिउँसो विद्युत् नहुने, यस्तो छ सूचना !

    काठमाडौं – राजधानी काठमाडौंका केही क्षेत्रमा आज शनिबार दिउँसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    काठमाडौंमा ३ घण्टा विद्युत् सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

    बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत् अवरूद्ध गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ । उल्लेखित क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने सूचनामा जनाइएको छ ।

    मर्मत कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो विद्युत् सेवा सञ्चालन हुनसक्ने प्राधिकरणले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १६ २०७७०८:१२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend