काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङबारे जनस्तरमा उठेको जिज्ञासा र शंकालाई स्पष्ट पार्न विज्ञप्ति जारी गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले लोडसेडिङ गर्नुपर्ने बाध्यता, विद्युत् सेवा अवरुद्ध हुने अवस्थाबारे प्रस्ट पारेका छन् ।
नेपालमा ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिएको जनाउँदै प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएको बिजुलीबाट मागको आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।