काठमाडौं – थुनामा रहेका आफ्ना नेताको शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले शुक्रबार धौलागिरी क्षेत्र बन्द गराएको छ। गत मंसिर २९ गते मृत्यु भएका विप्लप नेकपाको म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को मृत्युको घटना छानबिनको माग गर्दै विप्लव समूहले बन्द आह्वान गरेको छ।
बन्दका कारण म्याग्दी, बागलुङ र पर्वतमा प्रभाव परेको हो। मुस्ताङमा भने बन्दको प्रभाव परेको छैन। म्याग्दीको बेनीदेखि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन, शैक्षिक संस्था र बजार बन्द भएको छ। विप्लपका कार्यकर्ताले व्यवसायी र शैक्षिक संस्थाका सञ्चालकहरुलाई फोन गरेर बन्द गराउन भनेका थिए।
अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्वतमा थुनामा रहेकै अवस्थामा उच्च रक्तचापको कारण मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनको २९ गते पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो। विप्लप नेकपाका धौलागिरी ब्यूरो प्रमुख राजनले विज्ञप्ति जारी गरेर समयमै उचित उपचार नगरिएको र बेवास्ता गरिएकाले आफ्ना नेताको मृत्यु भएकाले छानबिन गरेर दोषी पहिचान र कारबाहीको माग गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।