काठमाडौं – मन्त्रिपरिषद्मासमेत छलफल नगरी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा तनाव बढेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे थाहै नभएको जानकारी मन्त्रीहरुले दिएका छन्। कृषि मन्त्री घनश्याम भुसालले आजको क्याबिनेट बैठकमा कुनै छलफल नभएको जानकारी दिएका छन्।
क्याबिनेट सदस्य खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्रीले एकलौटी ल्याएको अध्यादेशमा आफूहरुले सहमति जनाउन नसक्ने बताएकी छन्। मन्त्री मगरले सभामुख अग्नि सापकोटा र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल नगरी ल्याइएको विधेयकमा सहमत हुन नसक्ने बताएकी छन्। मगरले एकलौटी अध्यादेश ल्याएका अब चुप लागेर नबस्ने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन्।
‘राष्ट्रपतिद्वारा जारी भएको अध्यादेशमा हाम्रो सहमति छैन। सम्माननीय सभामुखसँग छलफल नगरी मन्त्रिपरिषद् सदस्यलाई पनि थाहै नदिई ल्याइएको अध्यादेशमा असहमति महामहिम राष्ट्रपतिज्यु ! अब हामी चुप लागेर बस्दैनौँ’ उनले भनिन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही घण्टाभित्रै जारी गरेपछि देशको राजनीतिमा अर्को तरंग आएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।