काठमाडौं – देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानै देखि तराई हुस्सुले ढाकेको छ भने काठमाडाैं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा यो देखिएको छ। यसैगरी अहिले बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।
यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम हो। मौसमविद् नगरकोटीका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हुस्सु कुहिरो लागेको हो। तराईका भने धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ। ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा हुस्सु अपराह्नसम्म लाग्ने देखिन्छ भने प्रदेश १ र २ मा भने बेलुकासम्मै यो नहट्ने सम्भावना छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।