आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शुक्रबारसम्मै हुनेछ भारी वर्षा सतर्क रहनुस्

शुक्रबारसम्मै हुनेछ भारी वर्षा सतर्क रहनुस्

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 4.3K
    SHARES

  • शुक्रबारसम्मै हुनेछ भारी वर्षा सतर्क रहनुस्

    काठमाडौं - अझै चार दिन देशका अधिकांश ठाउँमा हावाहुरीसहि भारी वर्षाको सम्भावना रहेका बताइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगामी चारपाँच दिन नेपालका अधिकांश ठाउँमा भारी वर्षा हुनेछ।

    त्यस्तै हावाहुरी र चट्याङको सम्भावना रहेकोले सतर्क रहन विभागले भनेको छ। अहिले देशभर सामन्यदेखि पूर्ण बदली रहेको छ। त्यस्तै मंगलबार बिहानै देखि केही स्थानमा मेघगर्जन र चट्याङसहि पानी परिरहेको विभागले जनाएको छ। आज दिनभर नै देशभरको मौसम बदली भइरहने अनुमान छ।

    त्यस्तै आज दिउँसो पनि देशका धेरै ठाउँमा भारी वर्षा र केही ठाउँमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ। विभागले नदीको तटिय क्षेत्रमा नजान र पहाडमा पहिरोको जोखिम उच्च भएकोले सचेत रहन भनेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०९:४९:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend