काठमाडौं - देशभर पछिल्लो समय बाढी पहिरो डुबानका घटनाहरु बढ्दै गइरहेका छन् । मनसुनी वर्षाका कारण देशभर नै मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
यसबीच बिहीवार वर्षकै धेरै पानी पर्ने सम्भावना रहेको छ । मुख्य रुपमा प्रदेश १,२, बागमती र गण्डकी प्रदेशमा आइतबारसम्म नै चार दिन धेरै पानी पर्ने भएकाले सचेत रहन गृहमन्त्रालयले आग्रह गरेको छ। लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेको कतिपय ठाउँमा पहिरो पनि जान सक्ने गृहमन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदी नालामा बाढी आउने हुँदा सचेत रहन आग्रह गरेको छ ।
'शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । तराईका झापा, मोरङ सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा,सर्लाही, बारा, पर्सा,रौतहट र चितवन लगायत होचो ठाउँलाई डुबाउने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दछौँ।' विज्ञप्तिमा भनिएको छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।