काठमाडौं- आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकोक छ ।
मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन् ।
“प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ”, मौसमविद् पोखरेलले भनिन् । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।