काठमाडौं - नेपालमा केही दिनदेखि जारी वर्षा अझै केही दिन लम्बिने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै पाँच दिन देशभर मौसम बदली भई पानी पर्नेछ। उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिम तर्फ सरिरहेकोले अझै पाँच दिन नेपालको अधिकांश स्थानमा भारी वर्षा हुनेछ।
तराईमा भारी वर्षाको साथै हावाहुरी पनि चल्नेछ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार यसपटक मनसुन ढिलो बाहिरिनेगरी वायू बनेको छ। आगामी असोज १० गतेसम्म नेपालका नदिहरुमा बहाब उच्च हुने हुँदा त्यस क्षेत्रमा नजान मशाशाखाले भनेको छ। त्यस्तै पहाडी क्षेत्रमा पनि पहिरोको जोखिम उत्तिकै रहेको छ।
अहिले प्रदेश १, २, बागमती प्रदेश क्षेत्रको मौसम पूर्ण रुपमा बदली र अन्य प्रदेशमा सामान्य बदली रहेको छ। बागमती र प्रदेश ५ का केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्का र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।