आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यस्तो छ आजको मौसम, यी ठाँउमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, यी ठाँउमा वर्षाको सम्भावना

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 8.2K
    SHARES

  • यस्तो छ आजको मौसम, यी ठाँउमा वर्षाको सम्भावना

    काठमाडौं - मनसुनको न्यून चापीय रेखा नेपालको मध्य र पूर्वी तराई भूभाग नजिक रहेकाले नेपालमा वर्षा बढीरहेको मौसमविद् जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    काठमाडौं उपत्याकामा समेत आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०९:४९:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend