आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंको तापक्रम : यो वर्षकै धेरै चिसो

काठमाडौंको तापक्रम : यो वर्षकै धेरै चिसो

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 4.3K
    SHARES

  • काठमाडौंको तापक्रम : यो वर्षकै धेरै चिसो

    काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर अत्याधिक चिसो बढेको छ। आज बिहानज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन गरिएको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज बिहान मापन गरिएको तापक्रम यस वर्षकै सबैभन्दा कम तापक्रम हो। उपत्यकाको न्युनतम तापक्रम यसअघि गत मंसिर १४ गते ४ दशमलब ३ डिग्री सेल्सियस मापन भएको थियो।

    उपत्यकाको आइतबारको न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको थियो। मौसम सफा भएका कारण आकाश खुल्दा तापक्रम घट्ने मौसमविद् सापकोटाले बताए। अबको केही दिन तापक्रम घट्ने क्रममै रहेकाले अझै चिसो बढ्ने विभागको अनुमान छ।

    सोमबार बिहान प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र हल्का बर्षा हुने सम्भावना रहेको मौसमविद् सापकोटाले बताए। यीबाहेक आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend