काठमाडौं – हाल दक्षिणपूर्वी अरेबीयन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ । हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना रहेको छ । त्यस्तै प्रदेश १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै हिमाली भू–भागमा हल्कादेखि मध्यम रुपमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।