काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशन विपरीत सरकारले बिहीबार एआईजी नियुक्त गरेका विश्वराज पोखरेललाई प्रहरी हेडक्वार्टरमा महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ ।
पोखरेल कार्यरत रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एआईजी हरीबहादुर पाललाई सरुवा गरिएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले पाललाई काठमाडौं उपत्यकाको कमाण्ड गर्ने युनिट महानगरीय प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ । पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत रहेका थिए ।
मन्त्रिपरिषद्ले बिहीबारै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेको छ ।
पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।