बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एआईजीबाट राजीनामा दिएका विश्वराज पोखरेल नवराज सिलवाल, रमेश खरेल जस्तै राजनीतिमा लाग्लान् ?

एआईजीबाट राजीनामा दिएका विश्वराज पोखरेल नवराज सिलवाल, रमेश खरेल जस्तै राजनीतिमा लाग्लान् ?

  • मिडिया डबली
  • सोमवार, श्रावण २ २०७९

  • 4.4K
    SHARES

  • एआईजीबाट राजीनामा दिएका विश्वराज पोखरेल नवराज सिलवाल, रमेश खरेल जस्तै राजनीतिमा लाग्लान् ?

     काठमाडौं - नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

    सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर उनले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् ।

    आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै पोखरेल आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

    तर सर्वोच्चले पोखरेलसहित महानिरीक्षकका विषयमा परेका सबै रिट एकैचोटी खारेज गरेको थियो । आफूले हालेको रिट खारेजपछि पोखरेलले पदबाट राजीनामा दिएका हुन् । सिंह महानिरीक्षक भएपछि कार्यालय नटेकी उनी सेवाबाट बिदा भएका छन् ।

    २०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए ।

    तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।

    यसअघि आफू आईजिपी बन्न नपाएको झोकमा नवराज सिलवाल एमाले छिरेर सांसद भएका थिए । रमेश खरेलले आफ्नै दल खोले । उनी आगामी निर्वाचनमा काठमाडौं १ बाट उठ्ने तयारी गरिरहेका छन् ।

    अब विश्वराज पोखरेल नवराज सिलवाल जस्तै एमाले छिर्लान् कि खरेलले जस्तै आफ्नै दल दर्ता गर्लान् भन्ने चासो देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २५ २०७७०८:२१:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend