काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजारमा सुशासन कायम गर्न नसक्दा अचाक्ली मूल्यवृद्धि हुने गरेको छ ।
बजारमा तोरी, सोयाबिन र सूर्यमुखी खानेतेलको मूल्य अचाक्लीले वृद्धि भएको छ । विगत १ महिनाको अवधिमा २ किसिमका तेलको मूल्य प्रतिलिटर ४०–५० रुपैयाँसम्म बढेको छ ।
तिहारसम्म १३०–१४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७०–१८० रुपैयाँ पुर्याइएको छ भने १६० रुपैयाँमा कारोबार भएको सूर्यमुखी तेलको मूल्य २०० रुपैयाँभन्दा माथि पुर्याइएको छ ।
तोरी तेलको मूल्य पनि कम्पनी अनुसार तोलामा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा व्यापारीले जनाएका छन् । थोक बिक्रेताबाटै मूल्यवृद्धि भएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए ।
उपभोक्तालाई १ महिनाको बिचमै तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म बढेको भन्न नसकिने अवस्था रहेको तुलाधरले बताए । महिनौंअघि उद्योगमा प्याकिङ अवस्थामा रहेका तेलको मूल्य पनि व्यापारीले एक्कासि बढाएर बजारमा पठाएको खुद्रा व्यापारीको आरोप छ ।
दुगड धारा र धारा सूर्यमुखीमा खुद्रालाई दिनेभन्दा पनि बढीमा अधिकतम् खुद्रा मूल्य तोकिएको महासचिव आमुलकाजी तुलाधरले बताएका छन् । बजारमा मनपरी मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् भने सरकार कुम्भकर्ण निद्रामा सुतेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।