आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंसहित देशका केही स्थानमा पानी पर्ने

काठमाडौंसहित देशका केही स्थानमा पानी पर्ने

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 3.1K
    SHARES

  • काठमाडौंसहित देशका केही स्थानमा पानी पर्ने

     काठमाडौं – भारतको बिहार र आसपास क्षेत्रमा न्यून चापीय प्रणाली रहेका कारण नेपालको मौसममा पनि प्रभाव परेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशााखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ – प्रदेश नं १ को थोरै स्थान साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको १(२ स्थानमा हल्का हिमपातको सम्भावना छ। मौसमविद् श्रेष्ठनले भने, ‘वर्षा दिउँसोतिर हुने सम्भावना छ।’

    यस्तै राति पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश नं १ का १(२ स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ( प्रदेश नं १ का थोरै स्थान साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षासहित देशका उच्च पहाडी तथा हिमाली भूभागका १(२ स्थानमा हल्का हिमपातको सम्भावना हुनाका साथै देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनाका साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:३६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend