बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर भब्य प्रदर्शन

हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर भब्य प्रदर्शन

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 4.7K
    SHARES

  • हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर भब्य प्रदर्शन

    काठमाडौँ – काठमाडौंको माइतीघर मण्डलमा सोमबार वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन भएको छ । संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

    ‘राष्ट्रवादी’ हरुको समूहले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै ‘राष्ट्र निर्माता शाहवंशीय संवैधानिक राजसंस्था र सनातन धार्मिक अधिराज्य’को माग गरी प्रदर्शन गरेका हुन् ।

    राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्‍न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा घन्काएका थिए ।

    प्रदर्शनका सहभागीहरु माइतीघरबाट नयाँ बानेश्वरसम्म गएका थिए । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा यसखालका प्रदर्शन लगातार हुँदै आएका छन् । प्रदर्शनमा काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधरसँग नजिक रहेका नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष  विपीन कोइराला पनि सहभागी थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर १६ २०७७०५:३५:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend