आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौं आएको हेलिकोप्टरमा चरा ठोक्कियाे, नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं आएको हेलिकोप्टरमा चरा ठोक्कियाे, नुवाकोटमा आकस्मिक अवतरण

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 5.7K
    SHARES

  • काठमाडौं आएको हेलिकोप्टरमा चरा ठोक्कियाे, नुवाकोटमा आकस्मिक अवतरण

    काठमाडौं- बाग्लुङको गल्कोटबाट काठमाडौं आएको कैलाश एयरको नाईन एनए जेजे हेलिकोप्टरमा चरा ठोक्किएपछि दिउँसो २ बजे नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको छ ।

    चालकसहित हेलिकोप्टरमा ६ जना सवार रहेको र कुनै अप्रिय घटना भने नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् । उनका अनुसार दिउँसो २ बजे हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्किम अवतरण गरिएको हो । 

    उनले समयमै आकस्मिक अवतरण भएका कारण हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिए। हेलिकप्टरमा गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारी, गलकोट३ कै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ललगायत सवार रहेका थिए। 

    वडाध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ। अहिले कैलास एयरकै अर्को विमान गएर पाँच जनालाई काठमाडौँ ल्याएको र चालक भने विमानसँगै रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७०६:५३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend