आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुरू भयाे नियमित उडान, आज फर्किए २६४ नेपाली

सुरू भयाे नियमित उडान, आज फर्किए २६४ नेपाली

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 5.9K
    SHARES

  • सुरू भयाे नियमित उडान, आज फर्किए २६४ नेपाली

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । 

    विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ । सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ । यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौँ ल्याएको छ । एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ ।

    यता नेपाल एयरलाइन्सको जहाज आज राति १ः०० बजे जापानको नारिता उड्दैछ । नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो । नारिताबाट नेपाली लिएर बुधबार काठमाडौँ फर्कने तालिका छ । आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ ।

    बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन् ।  हिमालय एयरलनइन्सले माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनेछ । सोही एयरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने उडान तालिका छ  ।

    आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका सात चार्टर्ड उडान भएका छन् । समिट एयरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ मनाङ एयरले पोखरा, सिम्रिक एयरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एयरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७०७:०१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend