आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नियमित उडान खुला भएसँगै हवाइ भाडा सस्ताे

नियमित उडान खुला भएसँगै हवाइ भाडा सस्ताे

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 6.9K
    SHARES

  • नियमित उडान खुला भएसँगै हवाइ भाडा सस्ताे

    काठमाडौं- भदौ १७ गतेदेखि नियमित उडान भएसँगै भाडादर पनि सस्तो हुने भएको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।

    एकतर्फी उडान हुने अवस्थामा भाडादर भने घट्ने वायुसेवा निगमले जनाएको छ । दुईतर्फी यात्रु आवागमन हुनथाले भडा स्वतः घट्दै जानेछ  । यद्यपी तत्कालै पूरानो अवस्थ भने नआउँने निगमले जनाएको हाे ।

    सरकारले उद्धार उडानको लागि गन्तव्यअनुसार अधिकतम भाडादर तोकेको छ। नियमित उडानमा भने एयरलाइन्सको प्रतिस्पर्धाले केही भाडादर घट्ने भएको हो।

    सरकारले नियमित उडान नखोली विदेशमा अप्ठ्यारोमा परेका कामदारसँग चर्को भाडा असुल्न दिएको भन्दै चर्को आलोचना हुँदै आएको छ। उदाहरणको लागि सामान्य अवस्थामा २५ देखि ३० हजारसम्म आबुधावी जान पाउने हवाइ यात्रु अहिले उद्धारका लागि भएको चार्टर्ड उडानमा करिब ४६ हजार भाडा तिर्न बाध्य छन्।

    हिमालय एयरलाइन्सले अहिले दमाम साउदी अरेबियाको भाडा ४६५, क्वालालम्पुर मलेसियाको ३७२, आबुधावी युएई ३८५, दोहा कतारको भाडा ३९२ अमेरिकी डलरमा उद्धार चार्टर्ड उडान गर्दै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७०७:०१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend