काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि ५० प्रतिशत यात्रुसहित आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरेको थियो । तर, वायुसेवा सञ्चालक संघले पूर्ण सिट क्षमतामा नै जहाज उडान गर्न पाउनुपर्ने माग राख्दै बुकिङ खुल्ला नगर्ने निर्णय गरेका छन् ।
संघले यात्रु एकतर्फी मात्रै हुने र त्यो पनि ५० प्रतिशत यात्रुबोक्दा घाटा हुने ाडा बनाउँदै मानिसले तिर्न नसक्ने निश्कर्ष निकाल्दै टिकट बुकिङ नखोल्ने निर्णय गरेको हो ।
वायुसेवा सञ्चालक संघको बैठकमा सहभागी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ५० प्रतिशत सिट क्षमतामा टिकट बुकिङ नगर्ने निर्णय भएको बताएका छन्। त्यस्तै बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आधा क्षमतामा उडान गर्न आग्रह गरेको बताए।
बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायुसेवा संघ, नागरिक उड्डयन प्राधिकरणको बैठकले असोज ५ गतेदेखि उडान चलाउने गरी तयारी गर्न भनिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।