काठमाडौं- कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विभिन्न प्रस्ताव अघि सारेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ बाट आन्तरिक उडान सञ्चालन गर्ने, नेपाली योजनामा काम गर्ने विदेशी र पर्यटकलाई स्वास्थ्य प्रोटोकल पुरा गरि नेपाल आउँन दिने लगायतका प्रस्ताव अघि सारेको हो ।
पर्यटनमन्त्री योगेश भट्टराईले एक सञ्चारमाध्यमलाई बताए अनुसार मन्त्रालयले असोज १ बाट, नभए असोज १५ गतेदेखि आन्तरिक उडान खाेल्ने गरी प्रस्ताव अघि सारेकाे छ । कम संक्रमण भएको अवस्थामा सुरुमा उडान गर्दै लैजाने किसिमको तयारी रहेको छ ।
त्यस्तै नेपालमा काम गर्ने विदेशी नागरिक र पर्यटकलाई समेत स्वास्थ्य मापदण्ड पुरा गरेर आउँन दिने प्रस्ताव समेत अघि सारिएको छ । मन्त्रालयले गैरआवासीय नेपालीलाई पनि नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगेको हो ।
उनका अनुसार आज बिहीबार नै अन्तर्राष्ट्रिय नियमित उडानलाई संख्या बढाएर यसअघि लगाएको कोटा हटाउने निर्णय समेत भएको छ । अब दैनिक उडानको संख्या मागका आधारमा स्वतः बढ्ने गरी निर्णय भएको मन्त्री भट्टराईले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।