काठमाडौं -आज शनिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको अहिलेसम्मकै न्यून देखिएको छ। मौसम पूर्वानुमान महाशाखाकाका अनुसार बिहान साँढे छ बजे मापन गरिएको उपत्यकाको तापक्रम ५ डिग्री सेल्सिएसमा झरेको हो।
यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो। हिजो शुक्रबार उपत्यकाको तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो। एकै दिनमा ३.५ डिग्री तल झरेको हो। राति आकाश सफा भयो भने बिहानको तापक्रम घट्छ। पश्चिमी वायुको प्रभाव रातिबाट हटेको बताइएको छ। अहिले देशभर मौसम सफा छ। कतै पानी पर्ने सम्भावना छैन। अब देशभ चिसो बढ्ने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।