आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइतबारदेखि हराइरहेकी ६ वर्षीय बालिकाको बलत्कार पछि हत्या !

आइतबारदेखि हराइरहेकी ६ वर्षीय बालिकाको बलत्कार पछि हत्या !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ९ २०७७

  • 6.2K
    SHARES

  • आइतबारदेखि हराइरहेकी ६ वर्षीय बालिकाको बलत्कार पछि हत्या !
    सांकेतिक तस्बिर

     काठमाडौं - महोत्तरीको बर्दिबास( १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव फेला परेको छ। आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।

    हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव सोमबार मध्य रातमा फेला परेको हो। बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो। हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागार्इंले बताए। उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन्। घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन्। पोष्टमार्टम रिपोर्ट भने आएको छैन।

    प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो। पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटे नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७१०:५८:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend