आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कता जादैछ समाज ? बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

कता जादैछ समाज ? बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

  • मिडिया डबली
  • सोमवार, आषाढ २२ २०७७

  • 7.3K
    SHARES

  • कता जादैछ समाज ? बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ
    सांकेतिक तस्बिर

    काठमाडाैं । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन्। चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन्।

    नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उनको भनाइ छ।

    पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो। पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ। यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ। बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७०५:१४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend