आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बेलबारीमा घट्यो अनौठो घटनाः १६ बर्षिया किशोरी माथि चार जनाले गरे सामुहिक बलात्कार 

बेलबारीमा घट्यो अनौठो घटनाः १६ बर्षिया किशोरी माथि चार जनाले गरे सामुहिक बलात्कार 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 6.5K
    SHARES

  • बेलबारीमा घट्यो अनौठो घटनाः १६ बर्षिया किशोरी माथि चार जनाले गरे सामुहिक बलात्कार 
    सांकेतिक तस्बिर

    काठमाडौं–मोरङको बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित किशोरीमाथि तीन बालक र एक बयस्क व्यक्तिले सामूहिक बलात्कार गरेका छन्।  प्रहरीका अनुसार घटना गतको मंगलबार दिउँसोको हो। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार स्थानीय जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीया किशोरीमाथि सुरुमा तीन बालक र पछि गाउँकै ४० वर्षीय होम तामाङले बलात्कार गरेका हुन्।

    किशोरीमाथि बलात्कार गर्ने तामाङ घटनापछि फरार छन्। उनी किशोरीले चिनेजानेकै व्यक्ति हुन्। यस्तै गाँउकै १२, १३ र १४ बर्षका बालकले समेत किशोरीलाई बलात्कार गरेका छन्। किशोरी र बालक सबै दलित समुदायका हुन्। हामी घटनाको अनुसन्धान गरिरहेका छौँ।’

    प्रहरीका अनुसार सुरुमा विभिन्न डरत्रास देखाउँदै तामाङले ती किशोरी र बालकलाई नियन्त्रणमा लिए। पहिला तीन बालकलाई पालैपालो किशोरीमाथि बलात्कार गर्न लगाए। पछि तामाङ आफूले पनि बलात्कार गरेको बयान बालकहरुले प्रहरीलाई दिएका छन्।

    प्रहरीका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि किशोरीलाई जबर्जस्ती करणी गरेका हुन्।

    तामाङले ज्यान मार्ने धम्की दिएपछि आफूहरुले गलत काम गरेको बालकहरुले बयान दिएका ढकालको भनाई छ। तीनै जना बालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७०५:१४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend