आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुत्केरी ब्यथा लागेपछि युवती बलात्कृत भएको खुलासा, एक युवक पक्राउ

सुत्केरी ब्यथा लागेपछि युवती बलात्कृत भएको खुलासा, एक युवक पक्राउ

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 7.5K
    SHARES

  • सुत्केरी ब्यथा लागेपछि युवती बलात्कृत भएको खुलासा, एक युवक पक्राउ
    सांकेतिक तस्बिर

    काठमाडाैं-  बलात्कृत युवतीबाट छोरा जन्मिएपछि आरोपी पक्राउ परेका छन्। पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई युवतीलाई बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    मध्यपुरथिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारीले २०७६ जेठ २७ गते १७ वर्षीया युवतीलाई पत्रिकाको ग्राहक बनाउने बाहनामा आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले जानकारी दिए।

    बलात्कारपछि कसैलाई भने ज्यान मार्ने धम्की दिएकै कारण ती युवतीले आफू बलात्कृत भएको कसैलाई नभनेको तर सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र यसबारे सबैले थाहा पाएको प्रहरीको भनाइ छ।

    पीडित किशोरी एक सामाजिक संस्थाको संरक्षणमा रहेको र सोही संस्थाले गत असार १४ गते जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि प्रहरीले यही साउन ६ गते भण्डारीलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दाअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीले जानकारी दिए। रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७०५:१४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend