काठमाडौं–बाँकेमा एक पुजारीले दुई युवतीलाई बलात्कार गरेका छन्। झारफुकको बहानामा मन्दिरको कुटीमै बोलाएर ती पुजारीले दुई युवतीलाई बलात्कार गरेका हुन्।
पीडितको उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए।
उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ।
बाँके जिल्ला प्रहरी कार्यालयकाका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो। प्रहरीका अनुसार पीडित दुवै युवती तथा कथित पुजारी समेत विवाहित हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।