गोरखा- १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका वडाअध्यक्ष जेल चलान भएका छन् ।
बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले गोरखा पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो ।
गत साउन १६ गते पक्राउ परेका उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।
तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका उनलाई जनता समाजवादी पार्टीले तत्कालका लागि सबै जिम्मेवारीबाट निलम्वनसमेत गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।