काठमाडौं - शनिबार चितवनको राप्ती नगरपालिकामा आयोजित पार्टी कार्यक्रममा हुलहुज्जत खेपेका नेकपा स्थायी कमिटी सदस्य कास्कीको पोखरा पुगेका छन् ।
पाण्डे यतिबेला पोखराको लेकसाइडस्थित होटल माउण्ट कैलाशमा आयोजित भेलामा सहभागी भएका हुन् । पोखरामा पनि चितवनकै घटना दोहोरिन सक्ने आशंका भएपछि कडा सुरक्षाका साथ भेला आयोजना गरिएको छ ।
होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भूमिगत शैलीमा आयोजना गरिएको भेलामा केपी ओली पक्षधर कार्यकर्ता गेट बाहिरै रोकिएका छन् । भेलास्थलसम्म पुग्न भित्रैबाट नाम र आदेश आउनुपर्ने भएको छ ।
त्यस्तै, कुनै पनि अप्रिय घटना नहोस् भनि सादा पोशाकमा प्रहरी खटाइएको फिल्डमा खटिएका हाम्रा संवाददाताले जनाएका छन् । होटलमा आयोजित भेलाबारे बुझ्न खोज्दा नेकपाका केन्द्रीय सदस्य चुडामणि जंगलीले होटलमा कुनै पनि भेला नभएको प्रतिक्रिया दिए ।
उनले पोखरामा आउने कार्यक्रम रद्द गरी काठमाडौं फर्किएको दाबी पनि गरे । चितवनमा मन्तव्य राख्ने क्रममा मदन भण्डारी फाउण्डेशनको विषयमा बोल्दा पाण्डेविरुद्ध होहल्ला र नाराबाजी भएपछि प्रहरी सुरक्षाका साथ उनलाई त्यहाँबाट निकालिएको थियो । पाण्डे माधव नेपाल गुटका नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।