काठमाडौं - नेपाली कांग्रेसका एकपछि अर्को नेता कोरोना भाइरस संक्रमित बन्दै गएका छन् । हालै मात्र केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र गगन थापाले कोरोनालाई परास्त गरेका छन् ।
अहिले केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माको अस्पतालमा उपचार भइरहेको छ । बिहीबार मात्रै केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूमा संक्रमण पु्ष्टि भर्एको थियो । अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे पनि कोरोना संक्रमित भएका छन् ।
पाण्डेले केही बेरअघि सामाजिक सञ्जालमार्फत आफूमा कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफूसँग सम्पर्कमा रहेका सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको उनले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।