काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि आह्वान गर्दै आइतबार राति ६ बुँदे अपिल जारी गरेपछि माधवकुमार नेपाल पक्षमा भाँडभैलो भएको छ ।
ओलीले माधव पक्षमा रहेका युवा नेतालाई आफ्नो गुटमा ल्याउन अपिल कार्ड फालेपछि माधव नेपाल पक्षले अर्को षड्यन्त्र र बेइमानी भनी प्रतिक्रिया दिएको छ ।
तर, नेपाल पक्षमै रहेका चार नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुसाल छलफलमा जुटेका छन् ।
योगेशले त तत्काल ओली अपिलको स्वागत गरेका थिए । तर, तीन नेताले अहिलेसम्म केही बोलेका छैनन् ।
ओलीले नेपाल पक्षले भनेअनुसार नै पार्टीलाई २०७५ जेठ ३ अगावैको अवस्थामा अगाडि बढ्न सकिने प्रतिबद्धता जनाएका थिए । तर त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको सर्त छ ।
ओलीले माधव पक्षलाई विभाजित गर्नकै लागि यो कार्ड फालेको विश्लेषण भइरहेका बेला सोमबार सुरेन्द्र, योगेश, घनश्याम र गोकर्णबीच ‘गोप्य’ छलफल भएको बताइएको छ ।
सुरेन्द्र पाण्डेको निवासमा चार नेताबीच भएको छलफलमा यदि माधव पक्ष लगायतका नेता एमालेमा नरहने भएमा आफूहरू भने ओलीलाई साथ दिने निष्कर्ष निकालेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।