काठमाडौं - देशभरको मौसम बदली भइरहेको छ। कतै हिमपात त कतै वर्षा भएको पनि छ। त्यसैक्रममा काठमाडौंको तापक्रम पनि ह्वात्तै घटेको छ। काठमाडौं उपत्याकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेन्टिग्रेड मापन भएको छ।
मौसमविद् वरुण पौडेलका अनुसार विहान ८ः४५ बजेसम्म तापक्रम अझै घट्ने अनुमान छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भू–भागमा मौसममा आंशिक बदली हुने छ । यसैबीच, मौसम विद् पौडेलका अनुसार देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।
त्यसैले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे । आज र भोली हवाई उँडान पनि प्रभावित हुने अनुमान छ। आकाशको भिजिविलिटी कम हुने अनुमान छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।