बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 4.2K
    SHARES

  • प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

    काठमाडौं- चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । 

    अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । 

    अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा लेखेको छ ।
     
    अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि अन्नपूर्णलाई सुझाएको छ । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित मानिन्छ । 

    पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दशौँ अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल हो । दश दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौँ साना मार्ग समेटिएका छन् जुन हिमाली गाउँमा गएर जोडिन्छन् । 

    घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । त्यस्तै दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज परेको छ । लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०८:४९:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend