बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

यसकारण सरकारले गर्ने भयाे सातामा दुई दिन सार्वजनिक बिदा

यसकारण सरकारले गर्ने भयाे सातामा दुई दिन सार्वजनिक बिदा

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 6.8K
    SHARES

  • यसकारण सरकारले गर्ने भयाे सातामा दुई दिन सार्वजनिक बिदा

    काठमाडौं- केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी गरेको थियो । यसबीच पर्यटनमन्त्री योगेश भट्टराईले हप्तामा दुई दिन बीदा आवश्यक्ताको विषय सार्वजनिक गरेका छन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याएको बताएका छन् । उनले हप्तामा दुई दिन बिदा दिए आन्तरिक पर्यटन बढ्ने भएकाले यो आवश्यक रहेको बताएका हुन् ।

    ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए। 

    मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए। उनले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गरेका छन्। 

    विश्‍वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्‍न सहयोग पुग्‍ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २५ २०७७०५:२८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend