काठमाडौं- कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार उडान बन्द गर्न आग्रह गरेको छ ।
हालसम्मको उद्धार उडान सकिएका कारण अब, समस्यामा परेकाहरुलाई नियमित उडानबाट नै ल्याउने निर्णय गर्दै उडान बन्द गर्न सिसिएमसीले आग्रह गरेका हो ।
अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सिसिएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।
त्यस्तै आइतबार बसेको सिसिएमसीको बैठकले यो सहित बैतडीको झुलाघाट नाका र केबलकारलगायत खोल्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सिसिएमसीको निर्णय छ।
यसैगरी, सीमानाका हुँदै नेपाल भित्रिन् १३ वटा प्रवेश बिन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरू गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ।
यसैगरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको छ ।
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।