सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपाका निर्वाचित वडा सदस्यसहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश

नेकपाका निर्वाचित वडा सदस्यसहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 17.0K
    SHARES

  • नेकपाका निर्वाचित वडा सदस्यसहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश

    अर्घाखाँची- नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । यसबीच अर्घाखाँचीमा वडा सदस्यसहित करिब ४ दर्जन नेकपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

    congress  arghakhachi1.jpg

    जिल्लाको मालारानी गाउँपालिका ३ का नेकपाबाट निर्वाचित वडा सदस्य सुमित्रा विश्वकर्मा, नेकपा पार्टी सदस्य मिनबहादुर विश्वकर्मा एवं रामचन्द्र खनाललगायत ४६ जनाले नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई कांग्रेसले भव्य स्वागत गरेको थियो ।

    congress  arghakhachi2.jpg 

    नेपाली कांग्रेस जिल्ला सभापति  बिष्णु मुस्कान, वडा सभापति सोभाखर खनाल, नेता लिलामणी पोखरेल, नेता लोकेन्द्र बहादुर विश्वकर्मालगायतले नवप्रवेशहीहरुलाई स्वागत गरेका थिए । कांग्रेस सभापति मुस्कानले नव प्रवेशीहरुलाई भव्य स्वागत गर्दै पार्टी प्रवेश गरेको मिडिया डबलीलाई बताएका छन् । मिडिया डबलीसँगको कुराकानीमा उनले भने, 'नेकपाबाट निर्वाचित वडा सदस्यहित ४६ जना नवप्रवेशीहरुलाई स्वागत गरिएको हो ।'

    नव प्रवेशीहरुको स्वागत कार्यक्रममा कांग्रेस नेता राजेन्द्र सुनारले स्वागत मन्तब्य राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ३० २०७७११:०९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend