काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएसँगै देशभर पार्टी परित्याग गर्नेको संख्या बढ्दो छ । यसबीच आज जाजरकोटमा करिब ३ दर्जन नेकपा कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस भेरी नगरपालिका वडा नं ९ र १० वडा कार्य समिति जाजरकोटको आयोजनामा कालाभुरमा आयोजित कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसका नेता एवं पूर्व संविधान सभाका सदस्य राजीवविक्रम शाहले नव प्रवेशीहरुलाई स्वागत गर्दै थप उर्जाका साथ अघि बढ्न आग्रह गरेका छन् ।
पूर्व संविधान सभाका सदस्य एवं नेता शाहले नवप्रवेशीहरुलाई स्वागत गर्दै आफुलाई नयाँ नठानेर काम गरेर अघि बढ्न समेत सुझाव दिएका छन् ।
कार्यक्रमका अवसरमा नेकपाका नेता रत्न बहादुर नेपाली लगायत करिब ३ दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममार्फत भव्यरुपमा नवप्रवेशीको स्वागत गरिएको थियाे ।






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।