सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कम्युनिस्ट पार्टी भ्रष्टाचारमूखी भएको भन्दै ४ युवा नेताले गरे काँग्रेसमा प्रवेश

कम्युनिस्ट पार्टी भ्रष्टाचारमूखी भएको भन्दै ४ युवा नेताले गरे काँग्रेसमा प्रवेश

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 8.7K
    SHARES

  • कम्युनिस्ट पार्टी  भ्रष्टाचारमूखी भएको भन्दै  ४ युवा नेताले गरे काँग्रेसमा प्रवेश

    कालिकोट- शिर्षनेताहरु कार्यकर्तालाई छोडेर सत्ताकोपछि लागेको भन्दै नेकपा त्यागेर ४ यूवा नेता नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

    शनिबार कालिकोटको महाँबै गाउँपालिका वडा नं १ का मनराज शाही, वडा नं २ का भरतबहादुर सिंह, सर्जन सिंह र शुभकालिका वडा नं ५ कमलबहादुर शाही नेकपा परित्याग गरी काँग्रेस प्रवेस भएका हुन् ।

    नेकपा सरकारका क्रियाकलापहरु भ्रष्टाचारमूखी भएको र अहिलेको गठबन्दनको नेतृत्वले कार्यकर्तालाई वास्ता गर्न छोडेको उनीहरुको आरोप छ।

    पार्टीको सिदान्तलाई कुल्चेर गरिने राजनीतिले समाजको हित गर्न नसक्ने भन्दै उनीहरुले कांग्रेस प्रवेश गरेका बताएका छन्। नव प्रवेशीहरुले कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले अबिर र खादाले स्वागत गर्दै पार्टीको नयाँ सदस्यता प्रदान गरेका थिए ।

    युवा नेताहरुलाई काँग्रेस प्रवेश कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेश ‘ख’ का सभापति दमनबहादुर शाही, जिल्ला कार्यसमिति सदस्य खड्कजंग शाही, नन्दबहादुर शाही, मनराज शाही, भानुभक्त संज्याल, कार्यालय सचिव हरिस बोगटीलगातका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०४:३८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend