काठमाडौं- रामेछापबाट विभिन्न पार्टीका नेता एवं कार्यकर्ताको टोली नेपाली कांग्रेस प्रवेश गरेको छ । नेपाली कांग्रेस काठमाडौँ सम्पर्क समिति ज्ञानेश्वरमा युवा नेता गगन थापाको प्रमुख अथितिमा करिब २० जनाको टोली कांग्रेस प्रवेश गरेको हो ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता थापाले रामेछापमा कांग्रेसको भव्य गढ बनाउँनु पर्ने बताएका छन् । स्वागत कार्यक्रममा बोल्दै थापाले अब रामेछापमा नेपाली कांग्रेस झण्डा फहराउनु पर्ने बताएका हुन् ।
नेता थापाले भने, 'रामेछापमा नेपालि कांग्रेसकोझण्डा फरफराउनु पर्छ ।' पछिल्लाे समय असफल हुँदै गइरहेको नेकपासँग रुस्ट देशभरका नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गर्ने लहर चलेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।