काठमाडौं- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले हुम्लामा नेपाली भूमि कब्जा गरेको भन्दै सञ्चारमाध्यममा आएका समाचारहरु आधारहीन भएको दाबी गरेका छन् ।
यसअघि पनि चीनले आफुले नेपालको भुमी कब्जा नगरेको दाबी गर्दै आएको थियो । तर, नेपाली कांग्रेसको एक निरक्षण टोलीले चीनले भुमी कब्जाको प्रमणहरु बटुलेर ल्याएको थियो । त्यसमा सरकारले कुनै ध्यान दिएको छैन् ।
सोमबार बेलायतको पत्रिका द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको समाचार छापेको थियो। चीनले नेपाली भूमि मिचेर संरचना निर्माण गरेको दाबीसहितको समाचार आएपछि यसबारे प्रतिक्रिया आएको हो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि हुम्लामा चीनले नेपालको भूमि मिचेर दुई किलोमिटर भित्र छिरी भवनहरु बनाएको ठहर गरेको थियो। यसअघि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले दुई देशबीच सीमा विवाद नरहेको जनाएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।